एनएफपीजे र गोदावरी भिलेज रिसोर्टबीच सम्झौता

Feb 22, 2017

सम्झौता गर्दै एनएफपिजेका अध्यक्ष घु्रव आले र रिसोर्टका प्रबन्ध निर्देशक प्रवीण आचार्य (बाया)। तस्बिर : एनएफपीजे

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) र गोदावरी भिलेज रिसोर्टबीच पर्यटन तथा संस्कृति विधामा फोटो पत्रकारिता अवार्डका लागि सम्झौता भएको छ।

२० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल वैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७३’ मा २५ हजार राशिको ‘पर्यटन तथा संस्कृति’ विधामा गोदावरी भिलेज रिसोर्टसंग सम्झौता भएको हो।

प्रत्येक वर्ष वैशाख १३ मा मनाइने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारलाई विभिन्न विधाबाट सम्मानिते छ।

५० हजार राशिको ‘डिबी थापा फोटो पत्रकारिता लाइफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजकको प्रायोजक फोटो कन्र्सन रहेको छ। त्यस्तै २५ हजारको टुरिजम एण्ड कल्चर फोटो पत्रकारिता अवार्डको प्रायोजन गोदावरी भिलेज रिसोर्टले गरेकोछ।

फोटो पत्रकालाई फरक–फरक विधामा पुरस्कृत गरिनेछ उक्त अवार्ड कार्यक्रमका अन्य विधामा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाइफ फोटो पत्रकारिता अवार्ड, एड्भेन्चर फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाइन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड र आर्थिक फोटो पत्रकारिता अवार्ड हुनेछन्।

पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाइनलगायतका सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ।