एनएफपिजे र ग्लोबल आइएमई बैंकबीच सम्झौता, क्यामेरा खरिदमा बिना धितो ऋण दिने

Feb 06, 2025

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन ।

एक कार्यक्रमका बीच बैकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाख सम्म रिण दिने गरी समझदारी भएको हो । बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो ।

ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजे मार्फत समन्वय र सहजीकरण गरिने छ ।

६ महिना देखि १८ महिनासम्म सरल किस्तावन्दीमा न्यूरोड स्थित जि एण्ड डी सप्लार्यसवाट फोटो पत्रकारले क्यामरा खरिद गर्न पाउने भएको हो । क्यामरा खरिदको लागि विना धितो सुन्य व्याजदरमा बैंकले फोटो पत्रकारलाई उक्त ऋण उपलव्ध गराउने भएको हो । उक्त हस्ताक्षर कार्यक्रममा बैकको तर्फबाट रमित कर्मचार्य र एनएपपिजेको तर्फबाट महासचिव घनश्याम श्रेष्ठ रहनु भएको थियो ।

राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारीक सिफारिसको साथै फोटो पत्रकारहरुको संस्थागत सिफारिसमा क्यामराको लागि ऋण लिन पाउने छन ।