झापा, साउन १० — राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ। नेपाल पत्रकार महासंघ झापा जिल्ला पूर्व सभापति मोहन काजी न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेत्र विक्रम बिमलीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई, कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन्। यस्तै, सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन्।
समितिलाई मार्गदर्शन तथा सुझाव दिन सल्लाहकार समिति पनि गठन गरिएको छ। सो समितिको संयोजकमा पत्रकार महासंघ झापाका पूर्व सभापति मोहन काजी न्यौपाने रहेका छन्। सदस्यहरूमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन्।
समितिले जिल्लाभरका फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न केन्द्रीय समितिसँग समन्वय गर्दै तालिम तथा फोटो पत्रकारितासम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।