राजनीतिक फोटो पत्रकारीता अवार्ड” विधामा थाहा अध्ययन प्रतिष्ठान संग सम्झौंता

Mar 19, 2017

६चैत, २०७३ , काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना गर्ने ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ को “ राजनीतिक फोटो पत्रकारीता अवार्र्ड” विधाको प्रायोजकका लागि थाहा अध्ययन प्रतिष्ठान संग संझौंता भएकोछ । थाहा अध्ययन प्रतिष्ठानको तर्फवाट अध्यक्ष अजयराज सुमार्गी र एनएफपीजेका तर्फबाट कार्यक्रम संयोजक प्रदीपराज वन्तले आइतबार संझौंतापत्रमा हस्ताक्षर गर्नुभएकोछ ।

हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्र्सन रहेको छ भने २५ हजार पुरस्कार राषिको “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” को प्रायोजन मेगा बैंकले गरेकोछ ।

विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिनेछ उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, एनटीसी डेली लाईफ फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, पाटन प्याथ ल्याव स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, कंगारु एजुकेशन अनलाईन फोटो पत्रकारिता अवार्ड, मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड , ग्लोवल आइ एम ई विजनेस फोटो पत्रकारिता अवार्ड , गोदावरी भिलेज रिसोर्ट पर्यटन तथा सस्कृति अवार्ड र एनएफपीजे एक्टिभ मेम्बर अवार्ड हुनेछन् ।

पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईन लगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ ।