
‘डीबी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ बाट सम्मानित वरिष्ठ फोटोपत्रकार भीम गुरुङ । फोटो: एनएफपीजे

मेगा बैकं नेपाल वर्ष उत्कृष्ट फोटोपत्रकार बाट सम्मानित दि काठमाडौं पोष्टका फोटोपत्रकार निमेश जंग राई । फोटो: एनएफपीजे
काठमाडौं १४ बैशाख ।
राष्ट्रिय फोटो पत्रकार समुहद्वारा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विशेष कार्यक्रममा विभिन्न १३ विधामा उत्कृष्ट मनोनयनमा परेका फोटो पत्रकारहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
फोटो पत्रकार दिवस तथा राष्ट्रिय फोटो पत्रकार समुहको २० औं वर्षगाँठमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘डीबी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ फोटोपत्रकार भीम गुरुङलाई प्रदान गरेको थियो । वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ५०,००० (पचास हजार रुपैयाँ) राशिको सो अवार्ड प्रदान गर्नुभयो ।
त्यसैगरी मेगा बैकं नेपाल वर्ष उत्कृष्ट फोटोपत्रकार दि काठमाडौं पोष्टका फोटोपत्रकार निमेश जंग राईले वाजी मारे भने उनले ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटोपत्रकारिता अवार्ड–२०७३’ जित्न पनि सफल भए । ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालयन टाइम्सका फोटोपत्रकार स्कन्द गौतमले प्रप्त गरे । ‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटोपत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका फोटोपत्रकार लक्ष्मीप्रसाद नाखुसी, र ‘कङ्गारु एजुकेशन अनलाइन फोटोपत्रकारिता अवार्ड–२०७३’ फोटोपत्रकार मुकुन्द कालिकोटेले पाए। पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
त्यसैगरी ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ पोखराका स्वतन्त्र फोटोपत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालयन टाइम्सका फोटोपत्रकार बालकृष्ण थापाले पाउन सफल भए ।
‘हेभी हेल्प लिङ्क महिला फोटोपत्रकारिता अवार्ड–२०७३’ फोटोपत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटोपत्रकारिता अवार्ड–२०७३ फोटोपत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटोपत्रकारिता अवार्ड–२०७३’ पोखराका अन्नपूर्ण पोष्टका फोटोपत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटोपत्रकारिता अवार्ड–२०७३’ पनि पोखराका फोटोपत्रकार सुदर्शन रञ्जीतले पाउन सफल भए ।
‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटोपत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटोपत्रकार किशोर श्रेष्ठले पाए । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
विजेताहरुको सामुहिक फोटो । फोटो: एनएफपीजे

अवार्ड पाउने वायांबाट क्रमस पोखराका स्वतन्त्र फोटोपत्रकार राम गुरूङ ,फोटोपत्रकार र किशोर श्रेष्ठ फोटोपत्रकार सुदर्शन रञ्जीत । फोटो: एनएफपीजे

अवार्ड पाउने वायांबाट क्रमस फोटोपत्रकार बालकृष्ण थापा, फोटोपत्रकार मुकुन्द कालिकोटे, फोटोपत्रकार महेशमान प्रधान र दि हिमालयन टाइम्सका फोटोपत्रकार स्कन्द गौतम । फोटो: एनएफपीजे


अवार्ड पाउने वायांबाट क्रमस फोटोपत्रकार बीजु महर्जन र पोखराका अन्नपूर्ण पोष्टका फोटोपत्रकार कृष्णमणि बराल । फोटो: एनएफपीजे

अवार्ड लिदै फोटोपत्रकार लक्ष्मीप्रसाद नाखुसी । फोटो: एनएफपीजे