पर्यटन महोत्सवमा राष्ट्रिय फोटो पत्रकार समूहको फोटो प्रदर्शनी

Jun 30, 2023

काठमाडौं – नयाँ वर्षको अवसरमा काठमाडौं (Kathmandu)को वसन्तपुर (Basantpur) मा आयोजित दुई दिने पर्यटन महोत्सव सम्पन्न भएको छ । मल्टिमिडिया ग्रुपले आयोजना गरेको उक्त महोत्सवमा पर्यटन (Tourism)सँग सम्बन्धित छलफलसँगै फोटो प्रदर्शनी गरिएको थियो ।

महोत्सवका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले फोटो प्रदर्शनी आयोजना गर्‍यो । प्रदर्शनीमा देशभरका मुख्य पर्यटकीय गन्तव्य, संस्कृति, जात्रा, साहसिक खेल, वन्यजन्तु तथा अन्य पर्यटन झल्किने फोटो प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनी संयोजक घनश्याम श्रेष्ठले प्रदर्शनीमा करिब ६० ओटा तस्वीर राखिएको जानकारी दिए ।

स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरेको फोटो प्रदर्शनीका तस्वीरहरुले देश विदेशमा नेपालको पर्यटन प्रचारप्रसार तथा प्रर्वद्धन गर्न थप टेवा पुगेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

प्रदर्शनी नेपाल पर्यटन बोर्डको सहयोग र जरुवाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।