प्रदीपराज वन्त फोटोपत्रकार
‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’ । आम मान्यता यही रहँदै आएको छ । परम्परागत तवरले खिचिँदै आएको तस्वीरमा २१ औं शताव्दीमा आएर आज ठूलो परिवर्तन आएको छ । विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम विकसित हुन थालेका छन् । सहज प्रविधिको प्रयोगले खिच्दा खिच्दै गरेको तस्वीर सम्बन्धित सञ्चार माध्यममा पुग्ने र एकाध क्षणमा नै प्रकाशित हुने अवस्था सिर्जना भएको छ ।
जतिसुकै राम्रो समाचार सामग्री बनाइए पनि त्यसमा तस्वीर छैन भने त्यसको सान्दर्भिकता नरहने अवस्था सिर्जना भएको छ । तस्वीर जीवन्त विधा हो, यसले सत्य बोल्छ र तथ्यको उद्घाटित गर्दछ । आम मानिसहरु भन्छन्, ‘आहा ! कति राम्रो फोटो है । ’ कति राम्रो खिचेको आदि इत्यादि ।
शब्दभन्दा तस्वीरको प्रभाव हजार गुणा बढी रहन्छ । शब्दले भावना बोल्छन् तर भावनालाई साँच्चै भावनामा परिवर्तन गर्ने तागत भने तस्वीरले राख्दछ । विज्ञान र प्रविधिको आविष्कारले पनि त्यसैलाई सम्मोहित गर्दछ । सन् १९९० को दशकपछि डिजिटल प्रविधिको प्रयोग सुरु भयो ।
रिलमा खिचिने तस्वीर पछिल्लो दिनमा सहज रुपमा डिजिटल प्रविधिमा खिचिन थालेको छ । त्यसले आम पाठक, दर्शक तथा जानकारलाई समेत सहज र सरल बनाइदिएको छ । फोटो पत्रकारिताको ओज र गरिमा पनि बढ्दै गएको छ । मानिसको चाहना पनि उत्तिकै बढ्दै गएको छ ।
विज्ञान तथा प्रविधिको उच्चतम अभिव्यक्तिका रुपमा आएका स्मार्ट फोनले हरेक घरमा फोटोग्राफर जन्माइदिएको छ । आम नागरिक पत्रकारिताको रुपमा आफूलाई मन लागेको तस्वीर खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दो छ । त्यसले फोटो प्रतिको अनुराग समेत बढाइदिएको छ । पत्रकारिता पनि आम रुपमा पुगेको छ, त्यसलाई नागरिक पत्रकारिताको रुपमा लिन सकिन्छ ।
सामाजिक सञ्जाल विशेष गरी फेसबुक, ट्वीटर, ह्वाट्एप जस्ता सञ्जालमा दिनप्रतिदिन फोटोको प्रयोग बढ्दै गएको छ । सहज रुपमा आम मानिसलाई जानकारी दिन मात्रै भएपनि फोटोको प्रयोग गर्ने क्रम बढेर गएको पाइन्छ । व्यवसायिक रुपमा फोटो पत्रकारिता गर्नेलाई त नयाँ नयाँ खोज तथा उपायको जरुरत पर्ला तर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्को सौखको विषय बन्न सक्छ भने यसले कतिपय सामाजिक सन्जालमा छिटो फोटो पोष्ट गर्ने होडवाजीले गर्दा नकरात्मक पक्षलाई पनि समेटेको पाइन्छ । त्यसैले नेपालमा पनि त्यस्ता जमात बढ्दै गइरहेको पाइन्छ ।
फोटो आफैमा हरेक इतिहासको साक्षी पनि हो । वि.सं. २००७ को क्रान्तिको खोजी गर्नुपर्दा फोटो नै खोजिन्छ , त्यसपछि मात्रै राजनीतिक दस्वावेज र अन्य राजनीतिक विषयका पाना पल्टाइन्छ । नेपालको इतिहास बोल्ने मात्रै नभई संसारभरकै इतिहासको खोजका लागि समेत फोटो महत्वपूर्ण र आकर्षक विधा हो ।
राजनीतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक विषयमा ज्ञान र चासो राख्ने सबैलाई फोटो नै तानिरहेको हुन्छ । राजनीतिक परिवर्तनको साक्षी पनि क्यामेरा र फोटो नै हो भन्ने कुरा नेपालको आफ्नै इतिहासले पुष्टि गरेको छ । २०४६ सालको राजनीतिक परिवर्तन, २०५२ सालपछिको सशस्त्र संघर्ष २०६२÷६३ को जनआन्दोलन, नेपालमा गणतन्त्रको घोषणा, संविधानसभाको निर्वाचन, संविधानसभाले संविधान निर्माण गरेको क्षण नै किन नहोस् सबैको एउटै साक्षीको रुपमा फोटोपत्रकारले मेहनतले खिचेको फोटो नै अग्रस्थानमा आउँछ ।
जनयुद्धको क्रममा पनि फोटो पत्रकारिताको उत्तिकै महत्वपूर्ण भूमिका रहेको थियो । नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको तस्विर पाउने कुरा नै महत्वपूर्ण थियो । जनसेनाको गतिविधि तथा पार्टी गतिविधिको फोटो पनि उत्तिकै महत्वपूर्ण थिए । त्यतिबेलाको इतिहासलाई आज हेर्दा जीवन्त बनाउने काममा फोटा नै अग्रस्थानमा रहेको छ । त्यतिखेर संगठनकै नेता ओम शर्मा, खिलबहादुर भण्डारी, मनऋषी धिताल, दिनेश श्रेष्ठलगायतले खिचेको फोटो आज पनि उत्तिकै जीवन्त छ । जनयुद्ध स्मरण गर्दा उनीहरुले खिचेको फोटोको नै नाम आउँछ । जनयुद्धका क्रममा फोटो पत्रकारले आफूले खिचेको फोटो लुकाउनुपर्ने अवस्था थियो । लुकाउनु पर्दा जोगाउने चुनौती पनि उत्तिकै थियो ।
नेशनल जोग्राफीका एक फोटो पत्रकार भन्छन् – फोटो पत्रकारिता जीवन र जगत बुझ्ने एक मात्रै त्यस्तो विधा हो, जो सत्यको असाध्यै नजिक पुगेको हुन्छ । उनले फोटो पत्रकारितालाई जीवनकै सबैभन्दा सुन्दर क्षणको रुपमा चर्चा गरेका छन् । उनले प्रकृति र मानवबीचको सम्बन्धको सेतु पहिल्याउने आधार पनि फोटोमात्रै भएको भन्दै फोटो पत्रकारिताको महत्वका बारेमा चर्चा गरेका छन् ।
प्रविधिले ठूलो फड्को मारेपनि फोटोपत्रकारिता व्यवहारिक र वैज्ञानिक भने बन्न सकेको छैन । यसमा गर्नुपर्ने अझै धेरै काम बाँकी छ । केही जानेर, बुझेर वा सिकेर आउने भन्दा पनि गर्दै जाँउ, भइहाल्छ नी भन्ने मान्यताका साथ काम गर्ने प्रवृत्ति पनि हावी छ । विश्वविद्यालय तथा कलेजमा फोटोपत्रकारिताको अध्ययन अध्यापन गराइन्छ । तर सैद्धान्तिक ज्ञान मात्रै लिने र दिने काम गरिन्छ । व्यवहारिक ज्ञान लिने तर्फ कोही कसैले ध्यान दिन सकेको छैन ।
सिर्जनशिलतालाई केन्द्रमा राखेर फोटोपत्रकारिता गर्दा त्यसले दिने परिमाण सकारात्मक र सिर्जनात्मक नै हुन जान्छ । धेरै मानिसलाई सिर्जनाशिलता प्रिय लाग्छ । त्यसकारण फोटोपत्रकारले इमान्दार भएर पेशामा क्रियाशिल हुनु पर्छ । इमान्दार प्रयासले मात्रै सार्थक परिमाण दिन सकिन्छ । त्यसलाई ध्यान दिएर अगाडी बढ्दा मात्रै फोटो पत्रकारिताले प्रभाव र महत्व राख्दछ ।
पत्रकारितामा फोटो पत्रकारिताको छुट्टै महत्व रहेको पाइन्छ । जुन सुकै पत्रपत्रिकामा समाचार प्रकासन गर्दा पहिलो पृष्टमानै फोटोलाई महत्वका साथ स्थान दिएर छापिन्छ किनकी कुनैपनि समाचारको सत्यता उक्र फोटोले वोल्ने गर्दछ । त्यसैले रेडियो टेलिभिजन तथा पत्रपत्रिकामा समाचार प्रकासनको लामो व्याख्यालाई फोटोले सहजिकरण गरि रोचक वनाइ दिएको पाइन्छ । साथै फोटोले पूर्णरुपमा समाचारलाई विश्वास योग वातावरण तय गरिदिने भएकोले पनि फोटोको महत्वपूर्ण भूमीकारहेको पाइन्छ त्यसैले त भनिन्छ १००० सव्दको वयान फोटो एकले गर्दछ । निरअक्षर भएका कतिपय मानिसहरुलाई पनि फोटोको माध्ययमवाट केही हदसम्म समाचार वुझन वुझाउन मद्यत गरेको पाइन्छ ।
नेपालको फोटो पत्रकारिताको इतिहासमा गोरखापत्रको नाम पनि अग्रस्थानमा रहेको छ । वि.सं. १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमती श्रेष्ठले आफ्नो कपासको बगैचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलो पटक गोरखापत्रमा छापिएको थियो ।
नेपालमा फोटोपत्रकारितालाई व्यवसायीक रुपमा आउन थालेपछि २०५३ साल असोज ६ गते वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्कीको अध्यक्षतामा सात सदस्यसिय कार्यसमिति गठन गरेर यस पेशालाई अझ मजवुद पार्न महत्वपूर्ण भूमिका खेलीएको थियो यो नै फोटोपत्रकारहरुको हाल सम्म छाता संगठनको रुपमा काम गदै आएको छ र हाल काठमाडौंमा लगयात देशै भरिवाट राष्ट्रिय फोटोपत्रकार समूहमा सक्रिय ३०० सय भन्दा वढी फोटोपत्रकार आवद्ध रहेका छन हाल नेपालभर फोटोपत्रकारीतामा करिव ३५० को हाराहारीमा साथीहरु विभिन्न मिडियामा कार्यरत छन ।
केही साथीहरु विभिन्न अन्तरराष्ट्रिय मिडिया जस्तै एपि एएफपि सिनुवा इपिए लगायत विभिन्न विश्वमा रेहेका प्राइभेट सन्चार एजेन्सी माध्ययममा नेपालवाट विभिन्न कार्यक्रममा खिचेका फोटो पठाएर काम गरिरहेका छन । नेपालमा हाल सम्म एउटा फोटो विदेशमा वेचेर ४ हजार डलर सम्म लिएको पनि पाइन्छ केहि समय अगाडी एडव प्रिमियर प्रोमा भिडियो सफ्टवयरले दि हिमालय टाइम्समा कार्यरत स्कन्द गौतमकोले उक्त फोटो बिक्री गर्न सफल भएका थिए ।
विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना रोगको कारण विश्वमानै फोटोपत्रकारिता गर्ने पेसा तथा व्यवसायलाई पनि नराम्री धक्का पुु¥याएको छ । चीनको उहानबाट शुरु भएको कोरोनाले यतिखर सारा संसारलाई समस्यामा पारेको छ । सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भएका छन् ।
धेरैका रोजगारी गुमेका छन् । नागरिकले पाएको पीडा शब्दमा उतार्न गाह्रो छ । मानिसको जीवन र तिनका पीडाले समस्या मात्रै पारेको छैन, स्वास्थ्य क्षेत्रमा बढाउनु परेको बजेटका कारण अन्य क्षेत्र पछाडि पर्ने अवस्था छ । विद्यालय तथा अन्य आर्थिक गतिविधि हुने क्षेत्र समस्यामा छन् ।
तर, संसारभर नै राज्यको चौथो अङ्ग मान्ने र भन्ने सञ्चार क्षेत्र समेत समस्यामा परेको छ । संसारभरकै नाम चलेका अधिकाशं जसो सञ्चार माध्यम समेत समस्यामा छन् । उनीहरुको प्रमुख आर्थिक स्रोतको रुपमाा रहेको विज्ञापन बजारमा ठूलो अङ्कले गिरावट आएको छ । आर्थिक क्रियाकलाप नहुँदा त्यसले पार्ने प्रभाव नकारात्मक नै हुन्छ ।
एउटा फोटो पत्रकारले सामान्यता एक लाखदेखि पाँचलाख रुपैयाँसम्मका क्यामेरा तथा अन्य उपकरण खरिद गरेको हुन्छ । त्यसमा सञ्चारगृहको कुनै लगानी रहेको पाइदैन । तर आफ्नै साधन र स्रोत प्रयोग गरेर काम गर्नेलाई रोजगारीबाट हटाउने, उनीहरुले काम गरे वापतको पारिश्रमिक नदिने तथा उनीहरुलाई समस्यामा पार्ने काम आफूलाई नम्बर एक बताउने सञ्चार गृहहरुले गर्दै आइरहेका पनिछन । फोटोपत्रकारले लगानी गरेर किनेको क्यामराको व्याजसम्म उठन सक्ने अवस्था छैन । डिजिटल प्रविधिले गर्दा सवै क्यामरा भएकाहरु फोटो आफूू सोखको कारणले खिचेर भएपनि पत्रकारितामा आउने प्रयास गर्दै छन । फोटोपत्रकारहरु बीच पनि अस्वभाविकरुपमा व्रेकिङ तथा स्कूप फोटोग्रफीको लहडमा अनावश्यक प्रतिस्पर्धा पैदा भएको छ । कतिपय फोटोपत्रकारहरुमा फोटोपत्रकारिताको सामान्य ज्ञान पनि नहुँदा लामो समयदेखि कामगर्दै आएका फोटोपत्रकारहरुलाई समेत समस्या भएको पाइन्छ ।
हाल सम्म नेपालमा फोटोपत्रकारको रुपमा सूचना विभागवाट फोटोपत्रकारको नामा पास लिनेहरु २०० को हाराहारीमा रहेको पाइन्छ भने केहि अग्रज फोटोपत्रकारहरुले फिलान्सको रुपमा लिएको पाइन्छ ।
नेपालका फोटोपत्रकारहरुले विभिन्न प्रतियोगीतामा समावेश भएर राष्टिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा केहि फोटोपत्रकार ले पुरस्कार पाएका पनि छन जसमा गोरखा पत्रमा कमगर्नुभएका राजेश ढुगानाले विभिन्न अन्तराष्ट्रिय फोटो पुरस्कारहरु जित्नुभएको छ भने नेपालको हिमालको फोटो विश्वमा धेरै विक्रि गर्नेमा जगदिश तिवारी हुनुहुन्छ । त्यस्तै गरि विगत ४ वर्षदेखि नेपालमा फोटोपत्रकार समूहले राष्टिय फोटोपत्रकारिता अवार्ड गरेर विभिन्न विधामा उत्कृष्ट फोटोपत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।
यस विषयमा राज्यवाट हाल सम्म कुनै पनि फोटोपत्रकार लाई न जिवन विमाको सहयोग छ न हुनै उपहार दिएर हौसला दिएको नै छ साथै नेपालको जति पनि राजकिय भ्रमणहरुमा अझै फोटोपत्रकारलाइै हाल सम्म कुनै पनि सरकार प्रमुखले भारत चिन वाहेकका देहमा फोटोपत्रकारको प्रतिनिधिहरुलाई सहभागीता नगराएको पनि पाइन्छ ।
हाल नेपालमा फोटो कपिराइटको फितलो कानुन रहेकाले फोटो चारेर विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकासीत गरेको पाइन्छ । त्यसको लागि फोटोपत्रकारले थाहा पाएमा जानकारी गरायो भने मात्र फोटो हटाउदै आएको पाइन्छ भने कुनुै कानुनी कारवाही भएको पाइदैन ।
हाल राज्यद्धारा सन्चालित राष्टिय समाचार समितिले पनि फोटोलाई विशेष स्थानमा राखेर फोटो सेवा पनि दिदै आएको छ र उक्त संस्थाको मेम्वरले विभिन्न अन्तराष्ट्रिय फोटो तथा राष्टिय फोटो सेवा लिदै आएको छ । भने निजि लगानीमा न्यूजकारखानाले पनि आफ्नो सेवा सूरुगरेको छ ।
हाल नेपाल सरकारवाट वा संस्थागत निकायवाट फोटोपत्रकारहरुलाई पनि व्यवसायीक तलिमको आयोजना, राजकिय वैदेशिक भ्रमणमा फोटोपत्रकारीताका कोटा ,फोटोपत्रकारको जीवन विमा ,क्यमरोको विमा साथै फोटोपत्रकारलाई राष्ट्रिय स्तरवाट पुरस्कृत गरेर हौसला प्रदान गर्न आवस्यकछ ।
कोरोना महामारीमा आफ्नो ज्यानको वाजीलगाएर फिल्डमा प्रत्यक्ष फोटो खिच्ने तथा रिपोर्टीङ गर्ने फोटोपत्रकार नै हुन् । हिजोको दिनमा फोटोपत्रकारलाई एउटा प्राविधिकको रुपमा हेर्ने नजर आजसम्म परिवर्तन हुुन नसक्नु, कलमजिवीको तुलानमा फोटो पत्रकारलाई अवहेलना गर्ने, लाखौंको लगानीमा आफ्नो क्यामरा किनेर मिडिया हाउसमा फोटो खिचेर दिनुपरिरहेको छ । न क्यामरोको इन्सुुरेन्स छ, न जीवनविमा, न फोटोपत्रकारको कोरोनाविमा नै गरिएको छ । केही मिडिया हाउसले पत्रकारहरुको कोरोना विमा गरेका भएपनि नगन्य छ ।
हामी हिजोकोभन्दा फरक ढङ्गवाट पत्रकारीता गर्दै छौं । शिक्षित हुने अवसर पनि हासिल गरेका छौं । पत्रकारले लेख्ने हजार शव्द अहिले फोटोको माध्ययमले गर्दा १०० सव्दमा अझेरो देख्न सकिन्छ । सामान्य फोटोपत्रकारवाट आफ्नो सञ्चारगृहका सम्पादकसम्मको भुमिकामा पुग्न सफल पत्रकारहरु छन् । फोटोपत्रकारिताको महत्व झन् झन् बढीरहेको अहिलेको प्रतिस्पर्धाको यूगमा फोटोपत्रकारहरुलाई नै समस्यामा पार्ने गतिविधिहरुले श्रमजीवि पत्रकार मारमा परिरहेका छन् ।
प्रदिपराज वन्त गोरखा वुंकोट गोरखा २०६४ सालदेखि जनदिशा दैनिकवाट फाटोपत्रकारीता सुरु २०६८ सालवाट रासस सेवा प्रवेश संगै हाल राससमा स्थायी फोटोपत्रकारको रुपमा कार्यरत राष्ट्रिय फोटोपत्रकार समूूह, एनएफपिजे नेपालका अध्यक्ष हुन् ।